प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानव अधिकार शुक्ष्म विषय भएको बताएका छन् । उनले हामीले गर्ने व्यवहारमा मानव अधिकार जोडिएको बताए ।
७३ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवशका अवसरमा आज (शुक्रबार) विराटनगरमा मानव अधिकार सञ्जाल, इन्सेक, मानव अधिकार रक्षक परिषद् लगायतका संस्थाहरुद्धारा आयोजित कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन् । उनले मानव अधिकार क्षेत्रको विकासका लागि आफ्नो साथ सहयोग निरन्तर रहने बताए । मानव अधिकारको क्षेत्रमा लाग्नु भएका संघ–संस्थालाई प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग हुने मन्त्री यादवले भने । उनले प्रदेश १ लाई मानव अधिकार मैत्री बनाउन चाहेको बताए । मन्त्री यादवले भने,‘ कुनैपनि नागरिक पीडित हुनु नपरोस् भन्ने मेरो चाहना छ, तपाईहरुले यसमा मलाई सल्लाह दिनुस् ।’
सामाजिक विकास मन्त्री यादवले मधेश आन्दोलनमा मानव अधिकारकर्मीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । उनले आन्दोलनको समयमा आफु सँधै मानव अधिकारकर्मीहरुसँग संवादमा रहने गरेको पनि स्मरण गरे ।
कार्यक्रममा मन्त्री यादवले लामो समय देखि मानव अधिकारको क्षेत्रमा लाग्नु भएका अधिकारकर्मी दिनेश श्रेष्ठ र सञ्जु साहलाई सम्मान समेत गरेका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP