१३ बुँदै घोषणा पत्र जारी गर्दै सम्पन्न भयो लैगिंक हिंसा विरुद्ध तेश्रो इटहरी सम्मेलन

दिप खबर
मंसिर २३, २०७८

१३ वुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैगिंक हिंसा विरुद्ध तेश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । सम्मेलनमा गत वर्ष भएका लैगिंक हिंसा विरुद्धका कार्यक्रमको समीक्षा गर्दै एक बर्षका लागि कार्ययोजना तय गरिएको छ ।

घोषणा पत्रमा इटहरीमा नागरिक लिन वाट वञ्चित महिला तथा उनीहरुका सन्तानको नागरिक प्राप्तीका लागि उपमहानगरले सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । प्रत्येक वडा कार्यलयमा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा लैगिक सहायता कक्षको स्थापना गरी महिला माथि हुने हिंसाका घटनाहरुको संबोधनका लागि आवश्यक समन्वय तथा सहयोगको सुनिश्चित गर्र्ने कार्यको थालनी गरिने भएको छ ।

यसै आर्थिक वर्षभित्र इटहरी उपमहानगरपालिकामा सुरक्षित स्थनपान कक्ष निर्माण गर्ने र क्रमश सबै वाडा कार्यालयहरुमा यो सेवा विस्तार गर्दै लैजाने नीति अवलम्वन गरिने घोषणा गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि पूर्वमन्त्री डा शिवमायाँ तुम्वाहाम्फेले महिला हिंसा न्यूनिकरणमा पुरुष सहभागितामा जोड दिएकी छिन् । उनले यस्ता अभियानहरु म्हिला लक्षित मात्र नभई पुरुष लक्षित समेत हुनुपर्ने वताइन् ।

कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा,संविधानसभा सदस्य द्धय रेवती भण्डारी र अनिता परियार तथा महिला सञ्जाल इटहरीकी अध्यक्ष कमला खडका,इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खडका,जसपा इटहरी सचिव योशा गुरागाँईले सम्मेलन सफलताको कामना गरे । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले प्रतिवेदन प्रस्तुत गर्दै इटहरीमा लैगिक हिंसा विरुद्ध १६ दिने विशेष अभियान र वर्षै भरि अभियान सञ्चालन गरिदै आएको जानकारी दिइन् ।

इटहरीको वडा वडामा गठित प्रतिरक्षा समूह र किशोरी साथी समूहको क्षमता विकासका लागि यो वर्ष उल्लेख्य कार्य गरिएको जनाइन् । उनले हिंसा पीडित महिलाका लागि उपमहानगरद्धारा सञ्चालित सुरक्षित आवाज गृहमा १८६ जना हिंसा पीडित महिलाले सेवा लिएको समेत बताइन् उनका अनुसार इटहरीका सवै सामुदायिक विद्यालयमा लैगिक सम्पर्क ब्यक्ति तोकेर छात्रा माथि हुने हिंसा न्यूनिकरणको पहल थालिएको छ । लैगिक हिंसा न्यूनिकरणका लागि लैगिक हिंसा न्यूनिकरण कोषको ब्यवस्था गरिएको छ । एक बर्षमा इटहरीमा ७ सय ७३ वटा लैगिक हिंसाका घटना कानुनी दायरामा आएको विवरण पनि जानकारी दिइन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP