इटहरी आएर माधब नेपालले भने, एमालेमा बसेका दश भाइको हरिबिजोग भयो

दिप खबर
मंसिर २१, २०७८

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । सुनसरीको इटहरीमा एक नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै पनि एमालेमै रहेका उनीहरू अहिले घरको न घाटको भएको नेता नेपाललेआरोप लगाए ।
पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफुलाइ धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने ठोकुवा गरे ।

कार्यक्रममा बोल्दै उनले एमालेमा भएको जमातको काम नरहेको समेत बताए । मास्कवादको मूल्यमान्यता र जनताको बहुदलीय जनवादलाई नारायणी नदिमा तिलाञ्जली दिएको समेत आरोप लगाए । उनले भने ‘कम्युनिष्ट पार्टीको भmण्डा गैँडालाई सुम्पिदिए, अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ ।’

अध्यक्ष नेपालले मूलकलाई निरकुंशतावादी चरित्र र दक्षिणपन्थी भासबाट उकास्नको लागि पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म नै कायम रहने बताए । संविधानलाई नमान्ने लोकतान्त्रिक समाजवादी, गणतन्त्रलाई उल्टाउन चाहने राष्ट्रिय प्रजातन्त्र पार्टी र ओली नेतृत्वको नेकपा एमाले एक ठाउँमा उभिने खतरा बढेको उनको भनाइ थियो । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) को १ नम्बर प्रदेश पार्टी कार्यालय र इटहरी उपमहानगर कमिटीको कार्यालयको उद्घाटन समेत गरे ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP