सुनसरीको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै विद्यार्थी संगठनहरुले आज दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् ।
क्याम्पस प्रशासन, जनप्रतिनिधि र भुमाफियाबीच मिलेमतो भएको भन्दै बाध्य भएर विरोध स्वरुप कुर्सी जलाउनु परेको विद्यार्थीले बताएका छन् । मंगलबार क्याम्पसमा यो बिषयमा सबै पक्षसँग छलफल समेत राखिएको बताइएको छ ।
धरान ११ स्थित क्याम्पसले भोगचलन गरिरहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गाको स्रेस्तामा स्वर्गिय मोही डम्बरबहादुर घिमिरे थिए ।
करिब ३ बर्षअघि मृतक घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले भुमिसुधार कार्यालय इनरुवामा मोही हक नामसारीको निवेदन दिएका थिए । उनको निवेदन पछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिएको थियो । भुमिसुधारले गत असोज २५ गते मोही हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो । यही बिषयको बिरोध जनाउदै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP