नेपालको संविधानले आमाको नामवाट पनि नागरिकता पाउने ब्यवस्था गरेको छ तर मैले आमाको नामवाट नागरिकता किन नपाउने ? यो प्रश्न हो, इटहरी उपमहानगरपालिका वडा नम्वर ४ की रञ्जना राउतको । इटहरी उपमहानगरपालिकाले खनारमा आयोजना गरेको नागरिकता प्राप्तीमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा रञ्जनाले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष यो प्रश्न राखिन् । रञ्जना दिदी वहिनीलेनै १२ पास गरेका छन । तर नागरिकता नभएका कारण कहि कतै जागिर पाउन सकेका छैनन । वुवा वर्षौ देखि वेपत्ता छन् । आमाले विवाह गर्नुभन्दा अघि वनाएको नागरिकता छ । तर आमाको नामवाट नागरिकता पाउन सकेका छैनन ।
कार्यक्रममा इटहरीका ४२ जना महिला र ८ जना पुरुषले नागरिकताको प्रमाण पत्र पाउन नसक्दा झेलेको दुःख सुनाए । प्रमुख जिल्ला अधिकारीले सवैको कुरा सुने र टिपोट पनि गर्न थाले ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार कार्यक्रममा विशेष गरि चार किसिमका समस्याले नागरिकता नपाएका गुनासाहरु पेश भए । धेरैजसोको वुवा वेपत्ता भएका वा नभएका तर आमाका नामवाट नागरिकता पाउन नसकेको समस्या देखियो । भारत वाट नेपालमा विवाह गरि आएका तर उताको कागजपत्र नभएका कारण नागरिकता वन्न नसकेका र विभिन्न ठाँउदेखि वसाँईसराई गरि आएका तर वसाँईसराई लगायतका कागज पत्र नल्याएका कारण नागरिकता पाउन नसकेको पाइयो ।
यस्तै आफन्तका नाममा कोहि पनि थाहा पत्तो नभएका ब्यक्तिहरुले पनि नागरिकता पाउन नसक्दा समस्या झेलिरहेको पाइयो ।नागरिकता पाउन नसकेका ब्यक्तिहरुले नागरिकताको सिफारिस गर्ने निकाय वडाका वडाध्यक्षहरु रुपेश चौधरी र हेमानन्द दाहाल र नागरिकता दिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो राखेका हुन ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सवैको कुरा सुनिसकेपछि नागरिकता प्राप्तीका लागि पुरयाउनुपर्ने प्रक्रिया र कागजातका वारेमा बताए ।संविधानले आमाका नामवाट नागरिकता पाउने ब्यवस्था गरेपनि कानुन वनिनसकेका कारण आमाका नामवाट नागरिकता दिन नसकिएको बताए ।
कानुन वन्ने वित्तिकै नागरिकता दिन सकिने उनको भनाई छ । कार्यक्रमकी अध्यक्ष महिला सदस्य शान्ता अधिकारीले आमाका नामवाट नागरिकता पाउने काननु संसद वाट चाडै पारित गर्न माग गरिन् । कार्यक्रममा वडा सचिव वाल कुमार पोखरेलले वडामा सिफारिस लिन आउदा ल्याउनुपर्ने कागजागतहरुको वारेमा जानकारी दिए । इटहरी उपमहानगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सो कार्यक्रम गरेको हो ।
उपप्रमुख लक्ष्मी गौतमका अनुसार मंसीर २३ गते इटहरी सम्मेलन गरेर महिला हिंसा विरुद्धको १३ दिने विशेष अभियान समापन गरिने छ । इटहरीमा महिला हिंसा विरुद्धको अभियान भने बर्षभरिनै सञ्चालन हुने गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP