मङ्सिर २० गते केआईइसीको शैक्षिक परामर्श सेमिनार इटहरीमा

दिप खबर
मंसिर १६, २०७८

विदेश अध्ययनको लागी भरपर्दो परामर्श केन्द्रको रूपमा स्थापित केआईइसीले सेमिनार आयोजना गर्ने भएको छ । इटहरीको पश्चिम लाइनमा अवस्थित केआईइसीको कार्यालयमा मङ्सिर २० गते सोमबार परामर्श सेमिनार हुन लागेको हो । सेमिनारमा विभिन्न देशका विश्वविद्यालय तथा कलेजहरू बाट आएका विशेषज्ञहरूले परामर्श दिने कार्यक्रम रहेको छ ।

विदेश पढ्न जाने विद्यार्थीको लागी भरपर्दो शैक्षिक परामर्श केन्द्र आवश्यक पर्ने भएपछि केआइइसिले इटहरीबाट सेवा सुरु गरेको हो । वैदेशिक अध्ययनमा इच्छुक विद्यार्थीलाई मध्यनजर गर्दै शैक्षिक परामर्श सेमिनार आयोजना गर्न लागिएको काठमाडौँ इन्फोसिस एजुकेसन कन्सल्टेन्सी (केआइइसी) इटहरीका प्रबन्ध निर्देशक उमेश भण्डारीले जानकारी दिए ।
विगत १५ वर्षमा ५ हजार बढी विद्यार्थीलाई विदेश पठाउन सफल भएको स्मरण गराउँदै उनले केआइइसी एक विश्वासिलो र भरपर्दो ब्रान्ड भएको दाबी गरे ।

केआइइसीले प्रदेश १ को इटहरी, विराटनगर र बिर्तामोडमा शाखा सञ्चालनमा ल्याएको छ । शैक्षिक परामर्शदाताहरूको भिडमा केआइइसीले करिअर काउन्सिलिङ देखी विद्यार्थी भर्ना सहजीकरण गर्दै आएको छ । आर्थिक अभावमा विदेश जान नसकेका विद्यार्थीको लागी छात्रवृत्तिको व्यवस्था मिलाउने योजना रहेको भण्डारीले सुनाए ।

विद्यार्थीले रोजेका युके, युएसए, अस्ट्रेलिया, न्यूजील्यान्ड, क्यानडा जस्ता देशहरूलाई प्राथमिकताका साथ काम गगरिरहेको उनले बताए । भाषा कक्षा, परीक्षा तयारी, शैक्षिक गोष्ठी, कार्यशाला र विभिन्न प्रस्तुतिहरूमा समेत के आइइसी अब्बल साबित भएको उनको दाबी छ । त्यससँगै टोफेल, आइल्ट्स, स्याट, जिआरइ र जिम्याटका कक्षाहरू सञ्चालन हुने गरेको निर्देशक भण्डारी बताउँछन् ।
केआइइसीले अमेरिका, आयरल्यान्ड, जापान स्विजरल्यान्ड, फिनल्यान्ड, नर्वे, जर्मनी, पोल्यान्ड, डेनमार्क, साइप्रस, सिंगापुर र अन्य विदेशी शिक्षालयहरूमा विद्यार्थीहरूलाई पठाउने गरेको छ । केआइइसी आफैमा विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूको व्यावसायिक इजाजतप्राप्त भएकोले हरेक वर्ष पाँच सय विद्यार्थी विदेश जाने गरेको कम्पनीको रेकर्ड छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP