नेपाली काँग्रेस सुनसरीका उपसभापति पदका उम्मेदवार गफार अन्सारी मिँया र सचिव पदका उमेद्धार रञ्जेश भट्टराईले पुनः मतगणना गर्नुपर्ने माग गर्दै आज (मङ्गलवार) निर्वाचन कार्यालय इनरुवामा उजुरी दिएका छन् ।
जिल्ला उपसभापतिको उमेद्धार रहेका अन्सारी र सचिव पदका उमेद्धार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै उजुरी दिएका हुन् ।
संस्थापन पक्षबाट उमेद्धार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पङ्कज कुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुन गणना गर्न माग गरिएको जानकारी दिए ।
त्यस्तै सचिव पदमा एक मतले पराजित भोगेका भट्टराईले आफ्नो पक्ष बलियो हुँदा हुँदै पनि लापरबाही तरीकाले मत गणना गरिएको भन्दै उजुरी दिएको बताए । उनले फेरी मत गणना गर्न निर्वाचन कार्यालयमा पत्र दिई सकेका छन् ।
सचिव पदमा संस्थापन इतर प्यानलका माधव बहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार रञ्जेश भट्टराईले १ हजार २ २८ मत ल्याएर पराजित भएका थिए ।
निर्वाचन कार्यालयमा उजुरी परेपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ । सहायक जिल्ला निर्वाचन अधिकृत वेनु सिग्देलले सहमति नहुन्जेल मतगणना स्थगित गरिएको जानकारी दिए ।
उनले दुई समूहका उमेद्धार, जिल्ला नेताको सर्वपक्षीय छलफलबाट निष्कर्ष निकालिने बताए । तत्काल प्रदेशको महाबेशन हुने भएकाले त्यसपछि मात्रै छलफल गरिने सिग्देलले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP