इटहरी उपमहानगर उपप्रमुख सहित यि हुन्, सुनसरीबाट एमालेको केन्द्रिय सदस्यमा सर्वसहमत चयन भएका पाँच प्रतिनिधि

दिप खबर
मंसिर १३, २०७८

चितवनमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सुनसरीबाट पाँच जना महाधिबेशन प्रतिनिधि सर्वसहमत केन्द्रिय सदस्यमा चयन भएका छन् । अध्यक्ष केपी ओलीले भण्डारीलाई केन्द्रीय सदस्यको सुचीमा इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतम, तैयुब हुसेन, जगदिश कुसियत, भगवती चौधरी, अमृता सुब्बा र अटाएका हुन् । गौतम र चौधरी महिला कोटाबाट केन्द्रीय सदस्यमा समेटिएका छन्।

त्यस्तै कुसियत मधेसी खुल्ला, सुब्बा जनजाति महिला कोटाबाट चयन भएका हुन् । यता तैयुब हुसेन मुस्लिम कोटाबाट समेटिएका छन् । यस्तै डिबी साह संकर लेखा आयोग सदस्य र पोष्ट कुमार नेपाल अनुशासन आयोगको सदस्यमा चयन भएका छन् ।

आइतबार राती बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । ती नाम हलबाट अनुमोदन भएको थियो । यद्यपी, निर्वाचनको प्रक्रिया भने हुन बाँकी नै छ ।

निर्वाचनमा प्रदेश १ महिलाबाट मञ्जु मण्डारी र पार्टी सचिव भिम प्रसाद आचार्य चुनावी तयारीमा छन् । भण्डारी पनि सर्वसहमत केन्द्रिय सदस्य चयन भएकी थिइन् । तर उक्त पदमा अन्य उमेद्धारको आवेदन परेपछि चुनाव हुन लागेको हो । यता आर्चाय पनि सचिव पदका लागि चुनावी मैदानमा छन् ।
हाल पार्टी सचिव रहेका आचार्य केन्द्रिय सदस्यमा झारिदिएपछि उनले सचिव पदकै लागि उमेद्धार दिएका छन् । यदि भण्डारी र आचार्यले चुनाव जिते सुनसरीबाट एमालेको केन्द्रिय तहको राजनितिमा सचिव सहित सात जनाले प्रतिनिधित्व गर्ने छन् । यस अघि केन्द्रिय सदस्य रहेका धर्मराज निरौला भने आउट भएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP