प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा जनता क्याम्पसका पुर्व क्याम्पस प्रमुख श्रेष्ठ नियुक्त

प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा जनता क्याम्पसका पुर्व क्याम्पस प्रमुख श्रेष्ठ नियुक्त

जनता बहुमुखी क्याम्पस इटहरीका प्राध्यापक निवर्तमान क्याम्पस प्रमुख अधिवक्ता भोजराज श्रेष्ठ प्रदेश नम्बर १ को मुख्य न्यायधिबक्तामा नियुक्त भएका छन् ।

विराटनगरको पुष्पलालचोक घर भएका श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) का बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष हुन् ।

एमालेका शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कार्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गरेको हो ।