नेपाली काँग्रेस सुनसरी जिल्ला सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन्। सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी ले ११३ मत अन्तरले विजयी भएका हुन्। भण्डारी १ हजार ४२२ मत पाए भने उनका प्रतिस्पर्धी संस्थापन प्यानलका सञ्जय प्रसाद श्रेष्ठले १ हजार ३०९ मत पाएका थिए ।
उपसभापतिमा पनि इतर पक्षकै नगेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन्। सचिवमा संस्थापन प्यानलका मनोजकुमार शाह र इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका हुन्।
सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन्। अपाङ्गतर्फ महाधिवेशन प्रतिनिधिमा उपेन्द्रप्रसाद मेहेता र देवेन्द्र पौडेल विजयी भएका हुन्। भण्डारीले दुई कार्यकाल जिल्ला सचिव बनेर काम गरिसकेका छन् । सुनसरीमा संस्थापन पक्ष कमजोर दिएको छ । ४ निर्वाचन क्षेत्र मध्ये ३ स्थानमा संस्थापन पक्षले हार बेहोरेको छ । पार्टी उपसभापति विजय कुमार गच्छेदारको चुनावी क्षेत्रमा समेत क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहले विजयी भएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP