नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ ९क० मा संस्थापन पक्षका सुवेक्छु देवान विजयी भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा कोइराला पौडेल पक्षका धनबहादुर पुरिलाई पराजित गर्दै देवान विजयी भएका हुन् ।
३१० मतदान मध्ये देवानको पक्षमा १६५ मत र पुरीको पक्षमा १४१ मत खसेको छ भने ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै उपसभापतिमा घनश्याम खड्का र सरिता आङ्दाम्बे विजयी भएका छन् । सचिवमा संस्थापन प्यानलका चिन्तामणि सापकोटा र इतर प्यानलका महेश चौधरी विजयी भए भने सहसचिवमा कर्ण बहादुर बुढाथोकी र सुभद्रा राई विजयी भएका छन्।
इटहरीका सक्रिय पत्रकार पुरी र सामाजिक अभियान मार्फत राजनीतिमा उदाएका देवानको प्रतिस्पर्धालाई निक्कै रोचक रूपमा हेरिएको थियो । संस्थापन पक्षका देवान नेबिसङ्घ सुनसरी उपसभापति समेत हुन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP