सुनसरी एमालेबाट छानिए ४२ महाधिवेशन प्रतिनिधि

दिप खबर
मंसिर ४, २०७८

नेकपा एमाले सुनसरीको लामो विवादका बिच केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लागेको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर अन्य जिल्लामा सहमति अनुसार नै गरेपछि सुनसरीमा पनि विवादकै बिच प्रतिनिधि चयन गरिएको हो ।
चितवनमा हुने पार्टीको १० औँ केन्द्रीय महाधिवेशनमा सुनसरीबाट ४२ जनाले प्रतिनिधित्व गर्नेछन् । जिल्ला निर्वाचन सहयोग समितिका संयोजक शिवराज चौहानका अनुसार सुनसरी क्षेत्र नं १ बाट खुलातर्फ ६ जना र महिलातर्फ ३ जना गरी ९ जना प्रतिनिधिहरू चयन भएका छन् ।
खुल्ला तर्फ जयकुमार राई, रमेश बस्नेत, विजय राई, मीनकुमार सुब्बा, राम आङबुहाङ र योग्यराज खड्का छनौट भएका छन् । यस्तै, महिलातर्फ विणा खनाल, रुफिना गुरुङ ९रार्ई० र लहरु माया जिमी पनि प्रतिनिधि छनौट भएका छन् ।
त्यस्तै क्षेत्र नं २ मा खुलातर्फ ८ जना र महिलातर्फ ३ जना प्रतिनिधिमा सहमति भएका छन् ।
खुल्ला खेमराज पोखरेल, रेवतीरमण भण्डारी, सर्वध्वज सावाँ, पोष्ट कुमार नेपाल, सरोज पोखरेल, पर्शुराम यादव, गुणराज काफ्ले र द्धारिकलाल चौधरी छन् । महिला तर्फ लक्ष्मी गौतम, अमृता सुब्बा निरा खनाल रहेका छन् ।
यसै गरी, क्षेत्र नं ३ मा खुलातर्फ लिलम बस्नेत, भीम सुवेदी (सागर), भुवन पोखरेल, भूमिनारायण चौधरी, खड्ग नारायण उराँव र रामदेव यादव प्रतिनिधिमा चयन भएका छन् । महिलातर्फ निर्मला काफ्ले, सुजला गुरुङ र दुर्गी सरदर रहेकी छिन् ।
निर्वाचन क्षेत्र नं ४ मा खुलातर्फ निलम खनाल, बद्रीनाथ घिमिरे, कालूराम गुरुङ, ललितबहादुर थापा, लस्करी अन्सारी र अजय कुसियैत महाधिवेशनमा प्रतिनिधि चयन भएका छन् भने महिलातर्फ कौशिल्या माझी, शकुन्तला भण्डारी र होमकुमारी श्रेष्ठ चयन भएकी छिन् ।
यता दलित तर्फबाट धनबहादुर विश्वकर्मा, सुमन मग्राती,पार्वता बराइली र लाल बहादुर सेन्चुरी चयन भएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP