भन्सार छली गरी नेपाल ल्याउँदै गरेको ५० बोरा चिनी बरामद

दिप खबर
मंसिर ३, २०७८

सुनसरीको सदरमुकाम इनरुवामा भारतबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको ५० बोरा भारतीय चिनी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इनरुवा नगरपालिका ९ चौक सडक खण्डबाट प्र १ –०२–००२ च ४९६१ नम्बरको पिकअपमा भारतबाट नेपाल तर्फ ल्याउने क्रममा अस्थायी प्रहरी पोष्ट पोखरी चौकमा चेकजाँचका क्रममा १६ लाख ३७ हजार ४ सय बराबरको उक्त चिनी बरामद गरेको हो ।

बरामद चिनी, सावरी, चालक, धनीलाई सुनसरी भन्सार कार्यालय सेतुबन्धु कोसी ब्यारेजमा बुझाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै, गढी गाउँपालिका ४ बाट २ बोरा सुर्ती, ६ बोरो चिनी सहित मोटरसाइकल पनि भन्सार कार्यालयलाई बुझाएको जनाएको छ ।

बुधबार प्रहरी चेक प्याईन्टमा चेकजाँच गरी रहेको अवस्थामा प्रहरीलाई देखेपछि भारतबाट नेपाल तर्फ आउँदै गरेको २ बटा मोटरसाइकलमा सवार दुई जना मोटरसाइकल छोडी भागेका थिए । उनीहरू भगेपछि प्रहरीले मोटरसाइकलमा उक्त परिमाणको चिनी र सुर्ती फेला पारेको कार्यालयले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP