इटहरी: पूर्वाञ्चल विश्वविद्यालये १० थान कन्सेन्ट्रेटर प्राप्त गरेको छ । नेपाल स्कुल अफ अन्ट्रपेनरशिप (एनएसइ) को पहलमा विश्वविद्यालयले कन्सन्ट्रेटर प्राप्त गरेको हो ।
बिहीबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको आतिथ्ययतामा कार्यक्रमको आयोजना गरी एनएसईले कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोभिड १९ नियन्त्रण तथा रोकथामको लागी राहत तथा सहयोग कार्यक्रमको आयोजना गरी सो सामग्री हस्तान्तरण गरिएको हो ।
अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फीडेरेसनको सहयोग र एनएसइको पहलमा अस्पतालको लागी कन्सन्ट्रेटर उपलब्ध गराइएको छ ।
द्धोन्द व्यवस्थापन विद्ध डाक्टर प्रणय समसेर राणाको सक्रिय सहभागितामा सो सामग्री नेपाल आएको हो । आएका मध्ये १० थान विश्वविद्यालयलाई दिने निर्णय भए बमोजिम बिहिबार हस्तान्तरण गरिएको उनले बताए । अक्सिजन कन्सन्ट्रेटर दिन पाएकोमा खुसी व्यक्त गर्दै उनले यसअघि अक्सिजन अभावमा धेरै नेपालीले ज्यान गुमाएको स्मरण गराए । कोभिडको दोस्रो लहरमा आफूहरूले गरेको मेहनत स्वरूप उत्तm सामग्री प्राप्त भएको उनको भनाई छ ।
एनएसइका संस्थापक अध्यक्ष रञ्जन ओझाले अझै दुई थान कन्सन्टे«टर उपलब्ध गराइने जानकारी दिए । अक्सिजनको अभावमा धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको बताउँदै उनले सुन्दरहरैचा बासीमा त्यो समस्या नआओस् भन्न आफूहरू लागी परेको बताए ।
कन्सेन्टे«टर बुझ्दै उपकुलपति डाक्टर यादवराज कोइरालाले रञ्जन ओझा र डा. प्रणय राणाको सहयोग अतुलनीय रहेको बताएका छन् । आफूहरूमा केही नीतिगत समस्या भएकाले विश्वविद्यालय र अस्पताललाई गतिशील बनाउन नसकेको बताए । सरकारले सहयोग नगरे पनि सहयोगी संस्थाको सहयोगले ठुलो टेवा पुग्ने उनको भनाई छ ।
अस्पताल निर्देशन डा. विपेश आचार्यले सहयोगी टिमलाई धन्यवाद दिए । अस्पतालमा अभाव खड्कीएका सामग्रीको प्राप्तिले हौसला मिलेको उनको भनाई छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP