सप्तरीमा यात्रुबाहक बसले हायसलाई ठक्कर दियो, दुई जनाको मृत्यु

दिप खबर
मंसिर २, २०७८


सप्तरीमा यात्रुवाहक बसले हायसलाई ठक्कर दिँदा दुई जनाको घटना स्थमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–८ बेरियमा दुर्घटना भएको हो ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ५ ख ४६९२ नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४ प ५०७९ नम्बरको हायसलाई ठक्कर दिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । यद्यपी, मृतकको सनाखत भने हुन सकेको छैन् । आधा दर्जन यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेर घाइते भएका केही यात्रुलाई विराटनगर र केहीलाई कञ्चनरुपस्थित धर्मेश्वर हस्पिटलमा उपचारको लागि भर्ना गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP