मेरो उमेद्धारी पहाड मधेशलाई जोड्ने एउटा माध्यम पनि हो : राजु साह

मंसिर १, २०७८

नेपालको पुरानो पार्टी नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनका वडा / नगर अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश हुदैं केन्द्रीय महाधिवेशन पनि तालिका अनुसार नै गर्ने तयारी पार्टी गरेको छ । लामो समय देखिको पार्टी महाधिवेशनमा पुराना नेता तथा कार्यकर्ताले मात्रै हैन नयाँ अनुहार समेत देखिएका छन् । अनुहार नयाँ भए पनि पार्टीप्रतिको काममा भने लामो समय देखि नै सक्रिय बन्दै आएका युवा हुन् धरानका राजु साह ।

हार्डवेयर व्यवसायबाट राजनीतिमा होमिएका साह सुनसरी क्षेत्र नम्बर १ बाट महाधिबेशन प्रतिनिधिमा मधेसी कोटाबाट उमेद्धारी दिएका छन् । देशमा जातीय प्रथा हटे पनि धेरै ठाउँमा मधेसी भन्दै छुट्टाउने गरेको तितो अनुभव उनीसगँ छ ।

त्यो अनुभवलाई आत्मसात् गर्दै पहाडी र तराइबासी बिचमा देखिएको अन्तरलाई जोड्ने आफ्नो विश्वास रहेको उनी बताउँछन् । साह धरान जेसिजको कार्यकारी उपाध्यक्ष, रेडक्रस सोसाइटीको धरान सदस्य समेत भइसकेको उनको भनाई छ ।

हरेक सामाजिक कार्यमा पछि नहट्ने साह परिस्थिति अनुरूप आफ्नो कार्यनीति र कार्यशैलीमा परिवर्तन गर्ने लचकता‚ सच्चरित्रता साथै समाजमा राजनीतिबाट केही गर्नुपर्दछ भन्ने उत्साह‚ आत्मविश्वास बोकेर लागि परेको बताउँछन् ।

देशले युवाबाट केही लिन खोजी रहेको बताउँदै आफुँले महाधिबेशन प्रतिनिधिमा उमेद्धारी दिएको बताउँदै सहयोग गर्न पनि अपिल गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP