प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन् । राईका पक्षमा ५० मत खसेको छ भने विपक्षमा २९ मत खसेको छ ।
गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राईले मङ्गलबार नै विश्वासको मत लिने कार्यसूचि रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सदस्य नआएपछि सभामुखले बैठक स्थगित गरेका थिए ।
९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद छन् । जसमध्ये १ जना सभामुख छन् भने एक जना फरार छन् ।
त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एकजना सांसद छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP