धरानमा सवारीसाधन तोडफोड गरेको आरोपमा विप्लब समुहका २ सहित इटहरीबाट २० जना पक्राउ

दिप खबर
कार्तिक ३०, २०७८

बजार बन्द गराउँदै हिँड्ने नेकपा माओवादी (विप्लव) समुहका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् । बिहानै देखी बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र अन्य दुई जनलाई धरानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

इटहरीमा पसल बन्द गराउँदै हिँडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । धरानमा सवारी साधन तोडफोड आरोपमा पक्राउ गरेको हो । ढुङ्गा प्रहारपछि कारको अगाडीको भाग फुटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको गरेको विप्लव नेतृत्वको माओवादीले सवारी साधन र बजार बन्दको आह्वान गरेको छ । बिहानै देखि पूर्वका धरान , इटहरी , इनरुवा लगायतका बजार, छोटो तथा लामो दुरीका यात्रुबाहक बस, सवारी साधन पुर्ण रुपमा बन्द छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP