प्रधानन्यायाधीश जबराको विरोधमा सुनसरीका कानून व्यवसायी आन्दोलित

दिप खबर
कार्तिक २८, २०७८


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बिरोधमा सुनसरीका कानून व्यवसायी समेत आन्दोलित बनेका छन् । नेपाल बार एशोसिएसन सुनसरी परिषरमा कानून व्यवसायीहरुले कालो माक्स लगाएर प्रधानन्यायाधीशको बिरोध जनाएका हुन् । सो क्रममा उनीहरुले १ घण्टा धर्ना दिएका छन ।

सुनसरी बारका अध्यक्ष शारदाप्रसाद अधिकारीको अगुवाईमा बिरोध जनाएका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजिनामाको माग गरेका छन ।
सुनसरी बारले एक घण्टे बिरोध कार्यक्रमलाई आजबाट तीन दिन सम्म निरन्तरता दिने जनाएको छ । उसले सर्वोच्च अदालत परिषरमा जारी धर्ना तथा आन्दोलनकोे समर्थनमा बिरोध कार्यक्रम तय गरिएकाले केन्द्रीय परिपत्रका आधारमा आन्दोलन तालिका थप हुँदै जाने बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP