इटहरीका मेयर चौधरीले माधव नेपाललाई दिए आफ्नै घरमा लन्च पार्टी

दिप खबर
कार्तिक २६, २०७८

नेकपा एमाले सुनसरीका नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई लन्च पार्टी दिएका छन् ।

नेकपा एमाले सुनसरीको नेतृत्वका बारेमा असन्तुष्ट चौधरीले शुक्रवार एक का अध्यक्ष माधव नेपाल, प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र कुमार राई लगायत अन्य नेतालाई घरमा भोज खुवाएका हुन् ।

चौधरीले आफ्नो इटहरी लबीपुर स्थित स्थित घरमा चौधरीले खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् ।
उनले स्वागत गर्दै इटहरी उपमहानगर भित्र बाढीको समस्या, ६ लेन सडकमा भएको अवरोध तथा अन्य विषयमा लिखित ध्यानाकर्षण पत्र समेत नेपाललाई र मुख्यमन्त्री राईलाई दिएका थिए ।

दुई दिनअघि मात्रै उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धति अनुसार नचलेको भन्दै माइक खोसेका थिए । उनले बैठकमा केन्द्रीय नेताहरूको हस्तक्षेप भएको विषयलाई लिएर बहिष्कार गरेका थिए । बहिष्कार गरे पनि एमालेको रेवती भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो।
पार्टीका पूर्व अध्यक्ष रहेका चौधरीले एमालेमा कुनै स्थान नपाउने सङ्केत देखेपछि एमालेबाट छुटिएर बनेको एक पार्टीका नेतासँग उनले साठगाँठ बढाएका छन् । चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी बिहीबार मात्रै समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग घुँगीसँग खाना खाएको फोटो भिडियो सामाजिक सञ्जालमा हालेका थिए ।

समाजवादीको इटहरी नगर कमिटीको फेसबुक वालमा पनि चौधरी र इटहरी उपमहानगरपालिका ४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP