नेकपा एमाले सुनसरीको बैठकले जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ ।
जिल्ला सदरमुकाम इनरुवास्थित ओम साई पार्टी प्यालेसमा आयोजक संयुक्त बैठकले नेता खेमराज पोख्रेल संयोजक रहेको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको हो ।
कमिटीको उपाध्यक्षमा निलम खनाल र नन्दकुमार बस्नेत रहेका छन् । यस्तै सचिवमा पर्शुराम यादव र सत्रुघन यादव रहेका छन् । उपसचिवमा लिलम बस्नेत र लोकेश निरौला रहेका छन् ।
रेवती रमण भण्डारी र रमेश बस्नेतलाई संयोजक नबनाई तेस्रो व्यक्तिलाई संयोजक बनाएर अधिवेशन आयोजना गर्ने सहमति अनुसार पोख्रेललाई संयोजकको जिम्मेवारी दिइएको हो । बैठकमा प्रमुख अतिथि एमाले पार्टी सचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज भीम आचार्य र बिशेष अतिथि १ नम्बर प्रदेश प्रमुख देवराज घिमिरे रहेका छन् ।
भण्डारी पक्षको जिल्ला कमिटीका ४६१ जना सदस्यहरु आयोजक कमिटी सदस्यमा परिणत भएको छ भने बस्नेत पक्षका जिल्ला कमिटीको नामावली संलकन भइरहेको जिल्ला कमिटी सदस्य रवि खनालले जानकारी दिए ।
धरानका जेठ २ पक्षले बैठक बहिष्कार
संयुक्त बैठकलाई जेठ २ पक्षको कमिटीका धरानका जिल्ला सदस्यहरुले भने बहिष्कार गरेका छन् । आज बिहान होटल ड्रिमल्याण्डमा बसेको बैठकले १० बुँदे, पार्टी निर्णय र कार्यदलको निर्णय विपरीत कमिटी गठन हुने गरि बसाएको बैठक वैध नहुने भन्दै बहिष्कार गर्ने निर्णय गरेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP