प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण, ४ जनाको मृृत्यु

प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण, ४ जनाको मृृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १–१ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे र रतुवामाईमा २–२, उर्लाबारी, कटहरी र ग्रामथानमा १–१ जनामा संक्रमण पुष्टि भएको हो भने झापाको मेचीनगरमा ५, दमकमा ४, विर्तामोडमा ३, हल्दिबारी र भद्रपुरमा २–२, अर्जुनधारामा १ जनामा संक्रमण देखिएको हो ।

यता, सुनसरीको इटहरीमा ४, धरानमा ३, दुहवीमा २ र रामधुनीमा १, इलामको चुलाचुली र रोङमा १–१, संखुवासभाको चैनपुर र उदयपुरको बेलकामा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश १ मा थप ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।