श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
सुनसरीको धरान १५ वस्ने बर्षीय महेन्द्र राईले आफ्नै श्रीमती ३४ बर्षीया छुङकु मगर (राई) लाई कार्तिक १८ गते बेलुका कुटपिट गरेका थिए । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी छुङकुको सोमबार (हिजो) उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार घाइते छुङकुलाई केही दिन घरमै सामान्य उपचार गरेर राखिएको थियो ।
स्वास्थ्य बिग्रदै गएपछि हिजो मात्र थप उपचारको लागी प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ । उपचारको क्रममा छुङकुको निधन भएपश्चात घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय धरानको टोलीलाई श्रीमानलाई नियन्त्रणमा लिइएको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
उनले भने, घरासयी झगडामा श्रीमानले कुटपिट गरेको रहेछ । घटना केही दिनअघिको भएपनि श्रीमतिको हिजो मृत्यु भएको हो । घटनाबारे आज जाहेरी आएको र म्याद थप गरि अनुसन्धान गरिने पनि डिएसपी कुँवरले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP