भण्टाबारीमा बसले मोटरसाइकललाई ठक्कर दियो, २ जनाको मृत्यु

दिप खबर
कार्तिक २१, २०७८

सुनसरीमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।

कोशी गाउँपालिका–८ भण्टाबारीको ट्राफिक पोष्ट नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश–१–०१÷००१ख ३५३० नम्बरको यात्रुवाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–२–०१÷००१ प ०७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार कोशी–८ का २० वर्षीय अल्ताफ मिया र सोही ठाउँ बस्ने २२ वर्षीय मोहम्मद ग्यासुद्धिन रहेका छन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लाने क्रममा बाटैमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
दुर्घटना भएपछि स्थानीयहरूले नाराबाजी गर्दै चार घण्टा लोक मार्ग अवरुद्ध गरेका थिए । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी र जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्की लगायतका टोलीले स्थानीयहरूसँग वार्ता गरेपछि अवरुद्ध लोक मार्ग सुचारु भएको थियो ।
बस चालक झापा जिल्ला कन्काइ नगरपालिका २ बस्ने ५५ वर्षीय पुष्प अधिकारी प्रहरीको नियन्त्रणमा छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP