सुनसरीको वराहक्षेत्रवाट कौडा खेलिरहेका १५ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले गए राती साढे २ बजे वराहक्षेत्र नगरपालिका ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा वराहक्षेत्र ६ का ४८ वर्षीय अगम तामाङ, वराहक्षेत्र ८ का ४१ वर्षीय वसन्त राई, ६८ वर्षीय मदन घिमिरे, ४२ वर्षीय विनोद रौनियार, २८ वर्षीय सञ्जु श्रेष्ठ, ४६ वर्षीय भुवनप्रसाद धमला, ३१ वर्षीय प्रदमो साह हलुवाई, ३४ वर्षीय प्रदीप साह हलुवाई रहेका छन् । यस्तै, ३० वर्षीय विजयकुमार साह, ४० वर्षीय जयनारायण मण्डल, ५९ वर्षीय खेमराज गौतम, ६० वर्षीय मुकुन्द अधिकारी, ३८ वर्षीय संयज साह, ४८ वर्षीय केशव दाहाल र ५४ वर्षीय टेकेन्द्र कार्की रहेको सुनसरी प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP