प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्य पाँच मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट दुई, र अन्य दलबाट एकएक जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
मुख्यमन्त्री राईले नेपाली कांग्रेस संसदीय दलका नेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समावादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP