यी हुन् नेकपा एमाले इटहरी नगरका ५ पदाधिकारी

दिप खबर
कार्तिक १४, २०७८

नेकपा एमाले इटहरी उपमहानगर कमिटी टुङ्गो लागेको छ । अध्यक्ष यामकुमार सुब्बा र उपाध्यक्षमा दुखीलाल चौधरी चयन भए पनि अन्य पदाधिकारीमा चुनावबाट टुङ्गो लागेको हो । शनिवार भएको मतदानमा सचिव पदका लागि ४ जनाले उमेद्धारी दिएका थिए । जसमध्ये रुपेश बस्नेत २१९ मत ल्याएर निर्वाचित भएका छन् । बस्नेतका निकटतम प्रतिस्पर्धी मदन कार्कीले १४३ मत, राजेन्द्र केशरी घिमिरेले १०५ मत र होम घलेले १९ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपसचिवमा २४२ मत ल्याएर जितेन्द्र थापा, २३४ मत ल्याउँदै मन्दिरा भट्टराई निर्वाचित भएकी छिन् । थापा र भट्टराईका प्रतिस्पर्धी तोयाकुमारी ढकाल ७४, थिर बहादुर खड्का ५५, भिमप्रसाद पोखरेल ४९ मत प्राप्त गरे । त्यस्तै रामचरण चौधरी ९९ सञ्जु प्रधान ४७ शुकदेव राई ५७ र होमनाथ धमलाले ९९ मत प्राप्त परेका हुन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP