सुनसरीको धरान स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस हाताभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
अन्दाजी ५० वषीय सुकविर तामाङ क्याम्पस हाताभित्र शनिवार मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शवलाई पोष्टमार्टमका लागि बिपी प्रतिष्ठान लगिएको छ । अनुसन्धानकै प्रक्रियामा भएकाले के कति कारणले मृत्यु भएको भन्ने नखुलेको उनले बताए ।
डिएसपी कुँवर उनका अनुसार शव घोप्ट अवस्थामा भेटिएको थियो । उनका शरीरमा कुने चोट नदेखिएको प्रहरीले बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP