यि हुन् नेकपा एमाले मोरङ जिल्लाभरका नगर अध्यक्षहरु

दिप खबर
कार्तिक ११, २०७८

नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन् ।

मङ्गलवारबाट सुरु भएको महानगर कमिटीको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।

एमाले विराटनगर महानगर कमिटीको अध्यक्ष पदका अर्का प्रत्याशी परशुराम बस्नेतले आफ्नो दाबी फिर्ता लिएपछि थापा सो पदमा सर्वसम्मत चयन भएका हुन् ।
त्यसै गरी उपाध्यक्षमा शिल्पा निरौला कार्की, सचिवमा नेता रोहित कोइराला सर्वसम्मत चयन भएका छन् ।

महानगरको सहसचिवमा नवराज नेपाल र जयप्रकाश महतो सर्वसम्मत चयन भएका छन् ।

तुवामाईमा दाहाल

मंगलबार सम्पन्न अधिवेशनले एमाले रतुवामाई नगर कमिटीको अध्यक्षमा देवी दाहाल, उपाध्यक्षमा कृष्ण ढकाल, सचिवमा नेवालाल राजवंशी तथा सह सचिवमा हेम कार्की र हरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

कटहरीमा राजवंशी
कटहरी गाउँ कमिटीको अध्यक्षमा रामनारायण राजवंशी, उपाध्यक्षमा सुमनकुमार सरदार, सचिवमा मनोज माझी तथा सहसचिवमा यादव अधिकारी चयन भएका छन् ।

रंगेलीमा बस्नेत

रंगेली नगर कमिटीको अध्यक्षमा दलबहादुर बस्नेत, उपाध्यक्षमा जीतलाल मण्डल, सचिवमा शान्तलाल खवास तथा सहसचिवमा यशोदा खतिवडा कोइराला र कृष्णकुमार ठाकुर चयन भएका छन् ।

ग्रामथानमा आचार्य
ग्रामथान गाउँपालिका कमिटीको अध्यक्षमा कुमार आचार्य, उपाध्यक्ष तुलसीराम विश्वास, सचिवमा सत्यनारायण माझी तथा सहसचिवमा अरबपति गच्छदार र नवीन मण्डल थारु चयन भएका छन् ।

सुन्दरहरैचामा ढकाल
सुन्दरहरैचा नगर कमिटीको अध्यक्षमा मात्रिकाबाबु ढकाल, उपाध्यक्षमा अकलदेवी चौधरी, सचिवमा सन्तोष घिमिरे तथा सहसचिवमा डिल्ली ढकाल र डिल्ली लुइँटेल चयन भएका छन् ।

मिक्लाजुङमा लिम्बु
मिक्लाजुङ गाउँ कमिटीको अध्यक्षमा बुद्धिमान लिम्बू, उपाध्यक्षमा बृद्धिलाल निरौला, सचिवमा नवीन कार्की, सहसचिवमा चन्द्र लिम्बु चयन भएका छन् ।

केराबारीमा मगर
केराबारी गाउँ कमिटीको अध्यक्षमा पूर्णबहादुर मगर, उपाध्यक्षमा राकेश राई, सचिवमा भीमबहादुर कार्की तथा सह सचिवमा सविता लिम्बू र शरण मगर सर्वसम्मत चयन भएका छन् ।

पथरीशनिश्चरेमा दाहाल
पथरीशनिश्चरे नगर कमिटीको अध्यक्षमा रमेश दाहाल चयन भएको घोषणा गरिएको छ । तर प्रक्रिया मिचेर कमिटी घोषणा गरिएको भन्दै केही पदाधिकारीहरूले शपथ ग्रहणमा सहभागिता नजनाउने बताएका छन् ।

बुढीगंगा, कानेपोखरी र बेलबारीमा सर्वसम्मतको पहल

बुढीगंगा, कानेपोखरी र बेलबारीमा नेतृत्व चयन हुन सकेको छैन । पदाधिकारीमा एक भन्दा बढी आकाङ्क्षी भएपछि नेतृत्व चयनमा ढिलाइ भएको हो । सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको नेताहरूले बताएका छन् । बुढीगंगामा मंगलबार सर्वसम्मत हुन नसकेपछि बुधबारका लागि बन्द सत्र सारिएको थियो । बुधवार पार्टी नेता प्रेम चाम्लिङको निधनका कारण बिहीबारका लागि बन्द सत्र सारिएको एमाले नेतृ रिता न्यौपानेले जानकारी दिइन ।

५ पालिकामा निर्धारित मितिमा अधिवेशन हुन सकेन

कात्तिक ९ गते देशव्यापी पालिका अधिवेशन हुने निर्णय भए पनि लेटाङ, उर्लाबारी, धनपालथान, सुनबर्षी र जहदामा केही दिनका लागि अधिवेशन स्थगित भएको छ । स्थगित अधिवेशन छिटै हुने एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP