पाँचथरको फिदिममा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लेटाङ नगरपालिका ६ मोरङका ७ वर्षीय प्रज्वल मगर, इलाम बस्ने ३४ बर्षीया प्रमीला देवान, उनकै ७ महिने छोरा निश्चल देवान रहेका छन् । त्यस्तै एक जनाको सनाखत हुन बाकीँ छ ।
पाँचथरको फिदिमदेखि झापाको दमक आउँदै गरेको को १ ख ३८६५ नम्बर को यात्रुवाहक बस फिदिम ४ स्थित मध्य पहाडी लोक मार्गको सगरखण्डेमा आज बिहान ११ बजे दुर्घटना भएको हो ।
४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको छ । बसमा सवार अधिकांश यात्रु कुम्मायक गाउँपालिकाका रहेको प्रहरीले जानकारी दिएको छ ।
सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए ।
घाइतेहरूको फिदिमको समर्पित अस्पताल, पाथीभरा अस्पताल र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP