इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुलाबेहुली सहित आमाबुवा पक्राउ

दिप खबर
कार्तिक ७, २०७८

इटहरीमा बाल विवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थित हवाई चौकमा १७ बर्षिया बालिकाको बाल विवाह गरेको अभियोगमा बेहुला सन्दिप, बेहुली, बेहुलाको बुवा कालु बहादुर रसाइली र बेहुलीको आमा सेविका दर्नाललाई पक्राउ गरि मुद्दा चलाइएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको हो ।

४ जना उपर सुनसरी जिल्ला अदालतबाट वाल विवाह मुद्दामा दिन ५ म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP