सुनसरी आएका प्रधानमन्त्री देउवा बाढी पीडितलाई नभेटी फर्किए

दिप खबर
कार्तिक ७, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ इलाम जिल्लाहरूका बाढी पीडितको अवस्था बुझ्न आएका छन् । उनले पीडितलाई नभेटी सरकारी कर्मचारी वाट बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझेका छन् । प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय गरे पनि उनी पीडितलाई नभेटी हेलिकप्टर वाट मन्त्रीहरूको जम्बो टोलीका साथ प्रभावित क्षेत्रमा घुमेका छन् । उनी सँगै डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न उर्जामन्त्री पम्फा भुसाल, सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ आएका छन् ।
बिहानै सुनसरी आएका देउवाले सशस्त्र प्रहरी बल पकलीमा सप्तरी सुनसरीका प्रमुख जिल्ला अधिकारी बाट ति जिल्लाको बस्तुगत अवस्थाको तथ्याङ्क लिएका थिए । उनले प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका मुख्य सचिव वाट पनि प्रदेशको अवस्था बुझेका थिए ।
विपत्तिको समयमा केही राहतको प्याकेज ल्याउलान् भन्ने आस गरेका बाढी पीडितले प्रधानमन्त्री देउवाले काठमान्डौ फर्केर राहत प्याकेज घोषणा गर्ने आश्वासन मात्रै बाँडे । करिब ५ मिनेट बोलेका देउवाले बाढी पीडितलाई यस अघि नै आर्थिक सहयोग गरेको बताउँदै काठमाडौँ फर्किएर मन्त्री स्तरको बैठकबाट राहत स्वरूप गिफ्टको व्यवस्था गर्ने बताए । बाढीले पुर्‍याएको मानवीय तथा धनमालको क्षतिप्रति दुखित रहेको समेत बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP