सप्तकोशी नदिमा हाम फालेर इटहरी १ का तिलक प्रसाद दाहाल बेपत्ता भएका छन् । आज विहान करिब साढे ११ बजे कोशी ब्यारेजको पुलमा मोटरसाइकल राखेर उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ब्यारेजको १३ नम्बर गेट नजिकै को ३६ प ९२५५ नम्बरको मोटरसाइकलमा आएका दाहाल बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । ५८ वर्षका तिलक प्रसाद दाहाल नाम गरेको परिचय कार्ड पनि फेला परेको छ । १३ नम्बर गेटमा आएर परिवारलाई फोन गरेर नदीमा हामफाल्न लागेको जानकारी गराएको समेत गराएको प्रहरीको भनाई छ ।
अहिले बोटको सहायताले प्रहरीले नदीमा खोजी गरीरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP