धरानबाट श्रोत नखुलेको २२ तोला सुन १८ लाख नगद सहित दुई जना पक्राउ

दिप खबर
कार्तिक ४, २०७८

सुनसरीको धरानबाट श्रोत नखुलेको २२ तोलाभन्दा बढी सुनको बाला र नगद १८ लाखसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १५ का ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३३ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ छन् । धरान २ ​रत्न रोडबाट उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । सुनको बालाको कुल तौल २२ तोला २ आना २ लाल रहेको छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ ।
दुवै जना रत्न रोडस्थित न्यु सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए । सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । डिएसपी कुँवरले भने ‘हामीले कहाँबाट आयो यो सुन र नगद भन्यौँ उनीहरूले कुनै खरिद गरेको विल तथा प्रमाण देखाउन नसकेपछि पक्राउ गरेका हौँ । के हो भन्ने थप अनुसन्धानबाट खुल्ने छ ।’

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP