बाढीमा फसेका ६ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द

बाढीमा फसेका ६ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द

सुनसरीको तरहरा स्थित पानीपियामा बाढीमा फसेका ६ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । नेपाल प्रहरी, नेपाल आर्मीले ६ घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका सई मनोज अधिकारीले जानकारी दिए ।

यस्तै निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । इटहरी बुढी खोला, टेङ्ग्रा खोला र खेती खोला मानव बस्तीमा पसेसगैं डुबान बनेको हो । इटहरी चौक, तरहरा, बरगाछी लगायतका स्थानमा डुबान भएको छ ।
डुबानका कारण कतिपय वस्तिमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ ।
वर्षाकै कारण इटहरी देखि धरान जाने मुख्य सडक खण्ड समेत अवरुद्ध भएको छ । त्यस्तै इटहरी देखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।