धरानमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु

दिप खबर
कार्तिक २, २०७८

सुनसरीको धरानमा बर्षासगैँ आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान १३ स्थित नागेस्वर मार्ग बस्ने निसान राईका ७ वर्षीय छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।
आज दिउँसो पौने २ बजे घरमाथिबाट आएको पहिरोले घर भित्र रहेका दुई छोराछोरीलाई बेपत्ता बनाएको थियो । उद्धार टोलिले खोजी गर्दा साढे ३ बजे मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी नरेन्द्र किर्किले जानकारी दिए ।
बुवा आमा बाहिर बरन्डामा बसिरहेका बेला पहिरो आएको थियो उनीहरूले ज्यान बचाएपनी दुई छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । शबलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP