‘क्षेत्री डाँडो’ नामक फेसबुक ग्रुपका सदस्यले इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रमलाई एक हजार लिटरको हिलटेक सहित खाद्यान्न सहयोग गरेको छ ।
विजयादशमीको अवसर पारेर राम नवमीका दिन आश्रममा रहेका ४१ जना बालबालिकाका लागि आवश्यक रहेको एक हजार लिटर क्षमताको खाने पानी हिलटेक, एक कार्टुन खाने तेल, दुई कार्टुन चाउचाउ सहयोग गरेको हो । त्यस्तै दुई कार्टुन फ्रूटी, १५ केजी। दाल, ६ केजी। चना मटर र किशोरीहरूका लागि ५० प्याकेट सेनेटरी प्याड सहयोग गरिएको ग्रुपकी सदस्य नबिना दाहालले जानकारी दिइन् ।
नेपाल भित्र र बाहिर रहेका ग्रुपका सदस्यहरूबाट आर्थिक सङ्कलन गरी उक्त कार्यक्रम सम्पन्न गरिएको ग्रुपका व्यवस्थापक उमेश कोइरालाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै व्यवस्थापक कोइरालाले चाडपर्वमा बालबालिकाहरू सँग खुसी साट्ने तथा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए । उपस्थित अग्रज व्यक्ति जनक कार्कीले विगतका दिनहरूमा पनि विभिन्न सहयोग कार्यक्रम गरिँदै आएको तथा ग्रुपले आगामी दिनमा समेत विभिन्न सामाजिक सेवा गर्ने बताए ।
उक्त कार्यक्रम ग्रुपका सक्रिय सदस्य शङ्कर बाबु पौडेल,सुदिप भण्डारी, राम बाबु न्यौपाने, नबिना दाहाल, स्वेच्छा भण्डारी, सञ्जु भुजेल, सम्झौता दाहाल, जानकी खड्का र बद्री खड्का लगायतको उपस्थित रहेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP