नेकपा एकीकृत समाजवादी सुनसरी जिल्ला अध्यक्षमा गोविन्द निरौला चयन भएका छन् ।
सोमबार सुनसरीको सदरमुकाम इनरुवामा आयोजित जिल्ला कमिटी घोषणा सभामा निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य कमिटी गठन गरिएको हो ।
नवगठित कमिटीको अध्यक्ष गोविन्द निरौला, उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव वसन्त सुवेदी, उपसचिव राजेश भण्डारी रहेका छन् ।
नेकपा एसका केन्द्रीय सदस्य केशव तिम्सिनाले सुनसरी जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाबाट प्रतिनिधित्व रहने गरी कुल १ सय ७५ सदस्य कमिटीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको बताए ।
केन्द्रीय सदस्य तिम्सिनाले विगतमा नेकपा एमाले रहँदा नेतृत्वलाई देवत्करण गरी आफ्ना आसेपासेलाई मात्र जिम्मेवारी दिने प्रवृत्तिको अन्त्य गर्दै विद्रोह गरी नेकपा एसमा आबद्ध भएका नेता कार्यकर्ताहरूलाई जिल्ला कमिटीमा समावेशी समानुपातिक सहभागिता सुनिश्चित गरिएको बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP