सरकारले आर्थिक विधेयक पास गरेर अवैध कालो धनलाई सेतो बताउने अवसर दिएको नेता नेम्वाङको आरोप

दिप खबर
अशोज २३, २०७८

सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको नेकपा एमालेका नेता सुवास नेम्वाङले आरोप लगाएका छन् । सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेले संसद् भवनमा विरोध गर्दागर्दै जबरजस्ती विधेयक पास गराएको बताए । नेता नेम्वाङले नेकपा माओवादी केन्द्र तर्फ इकिंत गर्दै द्वन्द्व कालमा लुटपाट गरेर राखिएका धनलाई बाहिर ल्याउने प्रशस्त बाटो खाली गरेको आरोप लगाए । “लाख, करोड हैन अरब पैसा ल्याउनुहोस् कुनै श्रोत देखाउनु पर्दैन । यो भनेको लुटपाट, डकैती गरेर, अवैध सम्पत्तिलाई सेतो बनाउ भन्न खोजेको हैन ?” उनले भने ‘हाम्रो विरोधको बिच विधेयक पास गरियो । अहिले म सुन्दै छु, नेपालको सम्बन्धित प्रतिनिधि मण्डल जाँच गर्न आउँदै छ । यदि यो गलत रहेछ भनेर कालो लिष्टेट गरिदियो भने हाम्रो हालत के हुन्छ ?’ नेता नेम्वाङले सरकारको आलोचना गर्दै ३ महिना सम्म मन्त्री मण्डल विस्तार गर्न नसक्ने सरकारले देशमा कुनै परिवर्तन होला भनेर आस गर्ने ठाउँ नभएको समेत बताए ।

हामीले बताएको संविधानले राती १२ बजे संसद् विघटन गर, समापन गर अनि त्यसको भोलिपल्ट अध्यादेशबाट दल विभाजन सम्बन्धी अध्यादेश लेउ भनेको छ ? उनले थपे ‘यो संविधान तपाई हामीले बनाएको संविधान हो त्यसैले जनताको भावना विपरीत जानु गलत हो ।’

कार्यक्रममा इटहरीका पुराना वामपन्थी नेता ओम कोइराला नेकपा एमालेले अभिनन्दन गर्दै उनले “लेखेको राजनीतिक जीवन यात्रा र राजनीतिक लेखहरू” दुई पुस्तक समेत विमोचन गरिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP