सुनसरीका एक बालकलाई अपहरणमा परेको १० घण्टा पछि उद्धार गरिएको छ । सुनसरीको कोशी गाउँपालिका ७ का १३ वर्षीय दिपेन सदालाई भारतको सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपपुर ६ बाट आज भारतीय प्रहरीको सहयोगमा (शुक्रवार) बिहान करिब २ बजे उद्धार गरिएको हो ।
बिहीबार दिउँसो ३ बजे भारतको बैरयाकमाल बस्ने मकुम मियाँले मोटरसाइकलमा बालकको घर देखि ३५ किलोमिटर पूर्व दक्षिणमा लगेर राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगले नेपाल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजयसिहं थापाले जानकारी दिए । बालकलाई अपहरण गर्ने मियाँले कुटपिट समेत गरेको उद्धार पश्चात् बालकले बताएका छन् ।
घटनमा भारतको सुपौल जिल्ला, ग्राम पंचायत बलबदैपुर वडा नं ६ बैरयाकमाल बस्ने मुकुम मिँया समेत संलग्नता रहेको प्रहरीले बताएको छ । मुकुम मियाँ नेपालबाट भारत कामदार पठाउने ठेकदार समेत रहेका थिए । उनले कोशी गाउँपालिका ७ का १५÷२० जना स्थानीयलाई काम लगाइदिन्छु भन्दै सोही स्थानका भुल्टन सदा लगायत ५ जनाबाट प्रतिव्यक्ति २ लाखका दरले रकम समेत उठाएका थिए । भारत काम गर्न तयार रहेका स्थानीयले मकुम मियाँमाथि शङ्का गरेपछि उनीहरूले भारत नजाने बताएका थिए । त्यसैको रिस फेर्न भुल्टनकै गाउँको बालकलाई अपहरण गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
अपहरण मुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । साथै घटनालाई अपहरण तथा शरीर बन्धक शीर्षक अन्तर्गत आवश्यक थप अनुसन्धान भई रहेको समेत प्रहरीले बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP