मुख्यमन्त्री आचार्यद्वारा दशैंको शुभकामना

दिप खबर
अशोज २१, २०७८

नेपालीहरूको महान चाड वडा दशैं, २०७८ को अवसरमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना दिएका छन् ।
विहीबार शुभकामना सन्देश जारी गदैं मुख्यमन्त्री आचार्यले दशै पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने बताएका हुन् । उनले कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती पनि थपिएको भन्दैं महामारीबाट जोगिन नेपाल सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न पनि सबैमा आग्रह गरेका छन् । ‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्वन गरेर मात्र चाड पर्व मनाउन सबैलाई अनुरोध गर्दछु ।’–जारी सन्देशमा भनिएको छ । महान पर्व दशंैले भिन्न भिन्न जातजाति, भाषा, धर्म एंव सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आफसी भातृत्व कायम गर्न सकोस भन्ने उनले कामना समेत गरेका छन् । ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP