गए राति सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम लोक मार्ग अन्तर्गत राती ११ बजे इटहरी १७ लायन्स चौकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख५६८१ नम्बरको ट्रक ठक्कर दिँदा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । शवलाई अहिले अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने ट्रक र चालक मकवानपुरको हेटौँडा ९ का ३१ वर्षीय अर्जुन गिरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । स्कुटरको लापरबाहीले दुर्घटना भएको ट्राफिक प्रहरीको दाबी छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP