खनारमा बजार अनुगमनः तिन बर्ष देखि म्याद गुज्रिएको खाद्यान्न भेटियो

दिप खबर
अशोज १८, २०७८

चाडपर्व नजिकिए सगैं सुनसरीको इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार पनि अनुगमन गरेको उपमहानगरले खनारमा गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रेका समान बेच्न राखेको पाइएको छ । खनार बजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो ।

उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि,उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा म्याद गुज्रिएका समान बेच्न राखेको पाइएको हो ।

एउटा पसलमा तीन वर्षअघि म्याद गुज्रिसकेको समान समेत राखेको पाइएको छ । चाउमिन मसला,मन्थन गोल्ड सुजी,मुसुरो दाल,ज्वानो,पवित्रा मकै चामल,पूर्णिमा गरम मसला,सेन्चुरी मसला,मिट मसला,गोल्ड सेवाई,वजाज अल्मोण्ड तेल,अमृत कफी चकलेट र विकेएस मसला म्याद गुज्रिएको पाइएको हो । अन्य पाँच वटा पसलमा मूल्य सूची नराखेको पाइयो छ । त्यस्तै चार वटा पसल व्यवसाय प्रमाण पत्र विना नै सञ्चालन भएको भेटियो छ । दुई वटा पसलको नवीकरण नभएको पाइएको छ ।

अनुगमनका क्रममा व्यवसाय प्रमाण पत्र लिन,पसल नवीकरण गर्न र लेबल गरेर मात्र समान बेच्न निर्देशन दिइएको छ । पहिलो पटक भएकाले म्याद गुज्रिएका समान नष्ट गरी त्यस्ता समान नबेच्न र छुट्टै ठाउँ बनाएर राख्न निर्देशन दिइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए । अर्को पटक अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान बेच्न राखेको पाइए कानुन बमोजिम कारबाही हुने उनले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP