सुनसरी इटहरीमा ६ जना पुरुषबाट एक महिला जबरजस्ती करणीको सिकार बनेकी छिन् । इटहरी ८ भुर्की भन्ने स्थानमा असोज १५ गते साँझ ७ बजे एक महिलालाई कुटपिट गरी धानवारिमा लगेर उनीहरू जबरजस्ती करणी गरेका हुन् । उनीहरूले २ तोला ४ आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजार समेत लुटेर फरार भएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार इभिनिङ वाकमा घर देखि केही पर पुगेकी ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए । पीडितको अनुहारमा शरीरका विभिन्न भागमा कुटपिट गरेको देखिएको प्रहरीले बताएको छ ।
पीडित महिलाको उजुरीको आधारमा प्रहरीले पिडकहरूलाई खोजतलास गरेको थियो । घटनामा संलग्न ६ जना मध्ये ४ जना १८ वर्ष मुनि रहेकाले प्रहरीले सार्वजनिक गरेको छैन । घटनमा देखिएका इटहरी १६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई भने प्रहरीले सार्वजनिक गरेको छ । बाँकी एक जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।
उनीहरू विरुद्ध सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत “जवर्जस्ती करणी सम्बन्धी कसुर” मा दिन ५ म्याद थप लिई अनुसन्धान कार्य जारी रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP