सुनसरीका छुट्टाछुट्टै स्थानबाट ठुलो मात्रामा बिष्फोटक पदार्थ पटका सहित २ जना पक्राउ परेका छन् ।
प्रहरीले एक जनालाई दुहबी बजार क्षेत्रबाट र अर्का एक व्यक्तिलाई इटहरीबाट पक्राउ गरेको हो ।
दुहबी नगरपालिका १ परासटोकी क्षेत्रमा चेकजाँच गर्ने क्रममा गढी गाउँपालिका ३ बस्ने ५५ वर्षीय इन्द्र नारायण साहलाई किङ कोब्रा लेखिएको १४ बन्डल पटका सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
गत १४ गते सेतो प्लाष्टिकको बोरामा गरी काँधमा बोकी रहेको अवस्थामा चेकजाँच गर्दा फेला पारिएको प्रहरीले जनाएको छ । उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार बिष्फोटक पदार्थ सम्बन्धी कसुर मा ७ दिनको म्याद थप गरी जिल्ला अदालत सुनसरीले थप अनुसन्धान भईरहको छ ।
त्यस्तै भारतबाट अवैध रूपमा ल्याउँदै गरेको ३ हजार ८ सय प्याकेट पटका सहित इटहरी ६ बस्ने २७ वर्षीय राजु साह पनि पक्राउ परेका छन् । गत १५ गते साँझ इटहरी ४ आर्मी क्याम्प अगाडी विष्फोटक पदार्थ ओसारपसार गरी बिक्री हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साहले सडक किनारामा को३५प८७६८ नम्बर को मोटरसाइकलमा पछाडि २ वटा सेतो प्लाष्टिकको बोरा लोड गरिराखेको र मोटरसाइकल छेउ ४ बोरा पहेँलो र २ बोरा हरियो बोरामा प्याक गरी राखेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
उनलाई हिजो (आइतबार) जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत विष्फोटक पदार्थ सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै भोक्राहा नरसिहं गाउँपालिकाको भित्रि सडक खण्डबाट पनि प्रहरीले ३३ बन्डल पटका बरामद गरेको छ । नाम, ठेगाना खुल्न नसकेका इक ब्यक्तिले साइकलमा ल्याउँदै गरेको अबस्थामा पटका बरामद गरिएको हो । उनी प्रहरी देख्नासाथ साइकल छोडेर भागेका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP