कोशीटप्पु आरक्षमा रहेको मकुना हात्ती मृत फेला

दिप खबर
अशोज १७, २०७८

सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने मकुना हात्ती मृत फेला परेको छ । कोशीटप्पु बन्यजन्तु आरक्ष कार्यालय ५ सय मिटर नजिक धान बारीमा करेन्ट लागेर मकुना मृत फेला परेको हो ।

आरक्षका संरक्षण अधिकृत अशोक रामले बिहान ५ बजे हात्ती मरेको पुष्टि गरे ।

केहि समय अगाडि नजिकका बस्तीमा निस्किएर मानिसहरूको ज्यान लिएको भन्दै सुनसरी प्रशासनले हात्ती मार्ने योजना अगाडी ल्याएको थियो । तर, सर्वत्र बिरोधपछि प्रसासन आफ्नो निर्णय बाट व्याक भएको थियो । उक्त हातिले सुनसरी र सप्तरिमा आतङ्क मच्चाउदै आएको थियो । सोही हातिका कारण धेरै घाईते भएका छन् भने १९ जनाको ज्यान समेत लिई सकेको वडा अध्यक्ष मन्सुरिले दाबी गरे ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP