चाडपर्व भित्रिने मुखमा सरकारले भारतीय सिमानाका खुल्ला गरिदिएपछि नेपालका मुख्य व्यापारिक केन्द्र सुनसान बनेका छन् । लामो समय देखि कोरोना भाइरसका कारण बन्द रहेको छिमेकी नाका जोगबनी खुल्ला गरेसगैं नेपाली व्यापारी केन्द्र विराटनगर इटहरी धरान लगायतका बजार सुनसान बनेका हुन् ।
दशैं तिहारलाई चाहिने, खाद्यान्न, लत्ताकपडा सहज रूपमा ग्राहक आफैँले भित्रिएपछि व्यापारी समेत चिन्तित बनेका छन्।
इटहरीको मुख्य बजारमा ३० वर्ष देखि होलसेल व्यापार गर्दै आएका सुवास चन्द्र साह यो वर्ष अहिले सम्मकै व्यापारमा मन्दी आएको बताउँछन् । भारतीय सिमानाका बन्द हुँदा सम्म ३ जना कर्मचारी राखेका उनले सिमानाका खुलेपछि २ जनालाई निकाल्न बाध्य भएको बताउँछन् ।
दशैको मुखमा दैनिक ४ देखि ५ लाख सम्मको व्यापार हुने अहिले ८० हजार पनि हुन गाह्रो रहेको साह बताउँछन् । उनी जस्तै खाद्यान्न तथा थोक किराना व्यापार गर्दै आएका राम साह पनि यो वर्ष व्यापार घटेको बताउँछन् । लामो समय देखि बन्द घरमा बसेका स्थानीय नजिकैको नाका खुलेसगैं जोगबनीबाट चाडपर्वलाई चाहिने सामान ल्याउने गरेको उनको भनाई छ ।
दशैंको मुखमा दैनिक २ देखि ३ लाख सम्म हुने आर्थिक कारोबार अहिले जेनतेन ७० हजार सम्म मात्रै हुने बताउँछन् । साह जस्तै हङकङ मार्केटमा कपडा ब्यावसाय गर्दै आएका बाबुराम सुवेदी पनि निराश छन् । चाडपर्वमा कपडा बिक्रीका लागि लाखौँ खरिद गरेर ल्याएका कपडा बिक्री नहुँदा बैङ्कको ऋण के गरी तिर्ने भन्ने समस्यामा परेको बताउँछन् ।
इटहरी मात्रै हैन पूर्वी पहाडी छिर्ने नाकाको रूपमा रहेको व्यस्त शहर धरान पनि सुनसान छ । कोरोनाको चपेटामा परेका व्यापारी दशैं लागेसगैं खरिद बिक्री बढाउने आसमा थिए । सरकारले १५ दिन अघि नाका खुला गरेपछि व्यस्त शहरमा आर्थिक मन्दी लागेको छ ।
त्यसो त थोरै सामान खरिद गर्ने स्थानीय भारतीय बजार जाने गर्दैनन् तर एकै पटक धेरै सामान जोहो गर्ने नेपालीहरू भने भारतीय बजार नै जाने गर्छन् । इटहरीका २० का तेज बन लामो समय देखि बन्द रहेको भारतीय नाका खुलेसगैं आवतजावत बढेको बताउँछन् । नेपाली बजारमा चिनी ८० देखि ८५ रुपैयाँ प्रति केजी पाइन्छ तर भारतीय बजार भने ५८ रुपैंयामा पाइन्छ , त्यस्तै जिरा धनियाँ खानेतेल एक सय देखि २ सय सम्म सस्तो हुने भएकाले भारतीय बजार गएको उनले बताए ।
बन जस्तै इटहरी ५ कि विनीता कटवाल पनि स्थानीय बजार भन्दा जोबनीमा सस्तोमा सामान किन्न पाइने भएकाले आफुँ पनि दशैं तिहारका लागि चाहिने खाद्यान्न लत्ता पकडा खरिद गरेको उनले बताइन् ।
निरास
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP