चाडपर्व भित्रिएसगैं इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्न थालेको छ । चाडपर्वको मुखमा व्यापारीले चर्को मूल्यमा सामान बिक्री गर्ने, लेवलिङ्ग नगरी सामान बिक्री गरेको जस्ता गुनासो आएपछि शुक्रवार बिहान इटहरी बजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो । उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि,उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको थियो । अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी समान विक्री गरेको पाइएको छ । तीन वटा पसलको नवीकरण नभएको पाइएको छ । अनुगमनका क्रममा पसल नवीकरण गर्न र लेबल गरेर मात्र समान बेच्न निर्देशन दिइएको छ । इटहरीमा अव नियमित रूपमा बजार अनुगमन गरिने उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए ।
इटहरीमा समय समयमा भएका बजार अनुगमनका कारण डेट एक्पाएर भएका सामान थन्क्याउने छुट्टै ठाउँको व्यवस्था गर्न थालिएको,लेबल लगाएर मात्र समान बेच्न थालिएको,डेट भएका मात्र समान बेच्ने क्रममा उल्लेख्य सुधार आएको शाखा प्रमुख भट्टराईले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP