३३ केजी बँदेलको मासु सहित २ जना पक्राउ

३३ केजी बँदेलको मासु सहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले जंगली बदेलको मासुसहित २ जनालाई पक्राउ गरेको छ ।

हिजो (बिहिबार) बिहानै करिब ५ बजे इनरुवा नगरपालिका ४ बसपार्क नजिकबाट मोटरसाइकलमा सवार २ जनालाई जंगली बदेलको मासुसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार पश्चिमबाट पुर्वतर्फ आइरहेको स.१ प ९१७६ नम्बरको मोटरसाइकलमा सवार कोशी गाउँपालिका ६ का बिसे शर्मा र पछाडि सवार उदय मुखिया मलाह पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुलाई शंका लागेर मोटरसाइकल रोकी चेक जाँच गर्ने क्रममा बोरा भित्र ३३ किलो जंगली बदेलको मासु फेला पारेको सुनसरी प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय सुनसरीलाई बुझाइएको पनि प्रहरीले जनाएको छ । वन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।