इटहरीमा महिला राष्ट्रिय क्रिकेट टोलीको एक हप्ता लामो प्रशिक्षण सम्पन्न

दिप खबर
अशोज १३, २०७८

आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ ।

सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीको क्षेत्रीय रङ्गशालाको इन्डोर हल र डिभियम स्कुलको खेल मैदानमा अशोज ७ गतेबाट सुरु भएको आज बुधबार सम्पन्न भएको हो ।

महिला राष्टिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समुहमा प्रशिक्षण सुरु गरेको जानकारी दिए ।

पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ अन्तिम साता काठमाण्डौ र कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।

प्रशिक्षण सकिएकाले तिनै ठाउको प्रशिक्षणलाई आधार मानेर मलेसियामा हुने खेलको लागि अन्तिम १४ सदस्यीय खेलाडी छनौट गरिने प्रशिक्षक टमटाले जानकारी दिए । यसअघि क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको थियो।
विदाई कार्यक्रममा बोल्दै कप्तान रुविना क्षेत्रीले धेरै स्थानमा सिकेको ज्ञानलाई जितको मैदानमा उतार्ने बताइन् । उनले सानो ठाउँमा भएपनि प्रभावबारी प्रशिक्षण भएको बताइन् ।

मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ । जसमा नेपाल सहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रशिक्षणमा प्रदेश दुइका ३ जना सहित झापा, मोरंग, र इलामका गरी ११ जना खेलाडी सहभागी भएका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP